• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. सालो हत्या गरेर भागेका भिनाजु १२ वर्षपछि पक्राउ
 सालो हत्या गरेर भागेका भिनाजु १२ वर्षपछि पक्राउ
समाज

सालो हत्या गरेर भागेका भिनाजु १२ वर्षपछि पक्राउ

by Speak ८ भाद्र २०७८, मंगलवार १७:३६


इलाम– सालोको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले घटना भएको १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–१ का ४६ वर्षीया रत्नबहादुर राई रहेका छन् । प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेर इलाम ल्याएको हो ।

राईले १ वैशाख २०६६ मा देउमाई नगरपालिका–१ चमैतास्थित धाराडाँडामा सोही स्थान बस्ने आफ्नै १९ वर्षीय सालो युवराज राईको हत्या गरेका थिए । त्यसयता उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले भक्तपुर प्रहरीको समन्वयमा राईलाई पक्राउ गरेर इलाम ल्याएको हो ।

जिल्ला अदालतबाट म्याद थप गरेर राईमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले विभिन्न अपराध गरेर फरार रहेको अभियुक्तको खोज तलासलाई तीव्र बनाउन विशेष टिम नै गठन गरेको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.