• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. आइतबारको सरकारी बिदा अवज्ञा गर्ने बिर्तामोड नगरपालिकाको निर्णय
 आइतबारको सरकारी बिदा अवज्ञा गर्ने बिर्तामोड नगरपालिकाको निर्णय
समाज

आइतबारको सरकारी बिदा अवज्ञा गर्ने बिर्तामोड नगरपालिकाको निर्णय

by Speak २२ जेष्ठ २०७९, आईतवार २०:२२
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले केन्द्र सरकारद्वारा पूर्व घोषित हरेक आइतवारको सरकारी बिदा कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सेवाग्राही र स्थानीय संघसंस्था समेतको मागका आधारमा आइतवारको बिदा कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको खपत घटाउने जनाउँदै यसअघि केन्द्र सरकारले शनिवार र आइतवार गरी दुई दिन सरकारी कार्यालय बिदा दिने निर्णय गरेको थियो ।

आइतवार पनि सरकारी कार्यालय बिदा दिने केन्द्र सरकारको घोषित नीतिप्रति स्थानीय सरकारका तर्फबाट बिर्तामोड नगरपालिकाले पहिलोपटक कार्यपालिका बैठकमार्फत असहमति जनाएको छ ।

प्रतिस्पर्धी जमानामा दुई दिन बिदा गरेर हुँदैन’, नगर प्रमुख प्रसाईले भन्नुभयो, ‘दुई दिनको बिदाको औचित्य समेत पुष्टि नभएपछि स्थानीयको माग र आवश्यकताका आधारमा केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेका हौँ ।’

नगर प्रमुख प्रसाईले असार १ गतेदेखि साविक बमोजिम नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय र सामुदायिक विद्यालयहरु नियमित खुल्ने बताउनु भयो ।

जनस्तरबाट उठेको मागलाई गम्भीरतापूर्वक लिँदै केन्द्र सरकारको निर्णय अवज्ञा गर्ने बिर्तामोड नगरपालिका झापामा पहिलो स्थानीय तह हो । जिल्लाका अरु स्थानीय तह मौन प्राय छन् ।

असार १ गतेदेखि लागू हुने गरी आइतबार पनि कार्यालय खोल्ने र यसअघिको बिदा र समयलाई यथावत राख्ने निर्णय बैठकले गरेको छ ।

इलाम र ताप्लेजुङका स्थानीय तह पनि बिदा अवज्ञा गर्दै

प्रदेश १ मा इलामको दुई र ताप्लेजुङको एउटा स्थानीय तहले केन्द्र सरकारको निर्णय अवज्ञा गर्दै शनिबार मात्रै बिदा दिने नीति अख्तियार गरेका छन् ।

शनिबार र आइतबारको बिदा फलदायी नभएको ठहरमा पुगेका स्थानीय तहले शनिबार मात्रै सार्वजनिक बिदा दिने नीति लिएका हुन् ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका, इलामका देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले आइतबारको बिदा कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।

इलामका दुवै स्थानीय सरकारका जनप्रतिनिधिले अघिल्लो साता जिम्मेवारी सम्हालेलगत्तै दुई दिने बिदा कार्यान्वयन नगर्ने निर्णय गरेका थिए ।

ताप्लेजुङको पाथिभरा याङवरकले यही साता यस्तो निर्णय लिएको हो । स्थानीय सरकारको निर्णयलाई कर्मचारी तथा विभिन्न कार्यालयले स्वीकार गरेको जनप्रतिनिधि बताउँछन् ।

इलाम फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले दुई दिनको बिदाले स्थानीय नागरिकलाई सरकारी सेवा लिन पनि असहज हुने भएपछि शनिबार मात्रै बिदा दिने निर्णय लिएको बताउनु भयो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.