- स्थानीय तहले सेवाको गुणस्तर र पारदर्शितामा ध्यान केन्द्रित गर्नुपर्छ : सभामुख घिमिरे
- बिर्तामोडमा लिफ्ट सहितको प्रशासनिक भवन निर्माण : सभामुख घिमिरेद्वारा उद्घाटन
- झापा इनर्जीले सर्वसाधारणका लागि ९.५ करोडको आईपीओ निष्कासन गर्ने
- नक्कली नोट १३ लाख र अफिमसहित ५ जना पक्राउ
- सहारा नेपालका कर्मचारीमाथि दुर्व्यवहार : संलग्न दुई महिलाविरुद्ध पक्राउ पूर्जी, प्रहरी परिचालनपछि फरार
बिर्तामोड– झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट आज बिहान मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ। उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका-८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका-८ का चिचोहाङ राईको मृत्यु भएको छ।
प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन् । बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।