२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

 वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय



सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ००:००  ५ : १७ बजे