- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
बिर्तामोड– झापाको बिर्तामोडमा अहिले बिहान साढे आठ बजे भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड आँखा अस्पताल अगाडि यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रदेश १- ०१-००१६-३९२२ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्न लागेको मे ११ प ६२४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा इलामको माइ नगरपालिका-७ घर भई बिर्तामोड-२ मा डेरा गरी बस्ने चन्द्रबहादुर राई, उनकी श्रीमती माया तामाङ र चार वर्षीय छोरा प्रशान्त राई गम्भीर घाइते भएका छन् ।
घाइते तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल भर्ना गरिएको ट्राफिक प्रहरी नायब निरीक्षक यामकुमार खड्काले जानकारी दिए । प्रहरीले बस चालक झापा बिर्तामोडका बाेधराज प्रसाईंलाई नियन्त्रणमा लिएको छ ।














