बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायिक सुरक्षाको विषयलाई लिएर प्रहरीको भूमिकाप्रति प्रश्न उठाएको छ । व्यवसायस्थलमा मारिनु पर्ने अवस्था सिर्जना भएको जनाउँदै वाणिज्य संघले सुरक्षा व्यवस्थाप्रति प्रहरी गम्भीर नभएको बताएको हो ।
- पत्रकार परियारलाई घरबाटै उठाउने धम्की
- एमाले महाधिवेशमा २४ सय प्रतिनिधि
- जेनजी आन्दोलनका शहीदको सूची राख्न निर्देशन
- झापामा तीन लाख ५० हजार मेट्रिक टन धान उत्पादन : बेमौसमी वर्षाका कारण ७८ करोडको नोक्सानी
- नाइट क्लवमा आगलागी : चार नेपालीसहित २५ जनाको मृत्यु
सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी र महासचिव अर्जुन मैनालीले विज्ञप्ति जारी गरी व्यवसायिक सुरक्षामा प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको जनाएको हो ।
गएराति झापाको बिर्तामोड-५ महानन्द चोकमा मासु व्यवसाय सञ्चालन गर्दै आएका इन्द्रकुमार मगरको हत्या भएको घटनालाई लिएर वाणिज्य संघले सुरक्षा व्यवस्थाप्रति प्रश्न गरेको हो ।
मगरको हत्या प्रकरणले समग्र उद्योगी व्यवसायी तथा आमनागरिकले असुरक्षित महसुस गरेको संघले जनाएको छ । आपराधिक गतिविधि निस्तेज पार्दै शान्ति सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउन वाणिज्य संघले स्थानीय प्रशासनलाई अनुरोध पनि गरेको छ ।
मगरको हत्याको घटनालाई तोडमोड नगरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न र हत्यामा संलग्नलाई कानुनी कठघरामा उभ्याएर हदैसम्म कारबाही गर्न वाणिज्य संघले माग गरेको छ ।














