बिर्तामाेड– लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले झापाको बिर्तामोडबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चेकजाँचका क्रममा गएराति विर्ता बजारबाट उनीहरु समातिएका हुन् ।
पक्राउ पर्नेमा मोरङको पथरीका भीमराज राई र अनुप सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता दिएपछि राकेश थापाले चेकजाँचका क्रममा उनीहरुका साथमा २३ ग्राम ब्राउनसुगर फेला परेको जानकारी दिए ।
- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
प्रहरीले उनीहरुले प्रयोग गरेको को २७ प ८६८४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरी प्रवक्ता थापाले बताए ।


















