७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वैदेशिक रोजगार ठगी मुद्दामा बिर्तामाेडकी महिला पक्राउ



झापा– वैदेशिक रोजगार कसुर मुद्दामा छ वर्षदेखि फरार रहेकी एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ६ निवासी ४८ वर्षीया उर्मिला पन्धाक छिन् ।

सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन इकाई झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पन्धाकलाई फैसला कार्यान्वयनका लागि आज झापा जिल्ला अदालतमा पेश गरिएको छ।

कोरोना जाँच रिपोर्टका आधारमा उनलाई कारागार चलान गर्न अदालतले आदेश दिएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो । उनको कोरोना जाँच रिपोर्ट आउन बाँकी छ ।

वैदेशिक रोजगार न्यायाधिकरणले २०७२ जेठ १७ गते वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा पन्धाकलाई एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

न्यायाधिकरणमा मुद्दा परे लगत्तै उनी फरार भएकी थिइन् । लामो समयको खोजतलासपछि प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ००:००  १ : २४ बजे