१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत



बिर्तामोड– बुटाबारी युनाइटेड क्लबले चौथो एनी बुट्टावारी गोल्डकपको आय-व्यय सार्वजनिक गर्दै प्रतियोगिताबाट ३ लाख ३६ हजार ६५ रुपैयाँ बचत भएको जनाएको छ ।

क्लबका अनुसार प्रतियोगिताबाट २१ लाख ९४ हजार ७९२ रुपैयाँ आम्दानी भएको थियो भने १८ लाख ५८ हजार ७२७ रुपैयाँ खर्च भएको छ । कुल आम्दानीमध्ये बिर्तामोड-६ वडा कार्यालयले ८ लाख रुपैयाँ सहयोग गरेको थियो ।

बचत रकम खेलाडी उत्पादन, फुटबल प्रशिक्षण, खेलमैदान विस्तार तथा सामाजिक-शैक्षिक गतिविधिमा खर्च गरिने क्लबका अध्यक्ष रविन राईले बताए । कार्यक्रममा प्रतियोगिता सफल बनाउन योगदान दिएको भन्दै वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवालाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार ००:००  ४ : १३ बजे