मेचीनगर-झापाको मेचीनगर नगरपालिका-५, नकलबन्दाबाट प्रहरीले पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजाँदै गरेको शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी रहेका छन् ।
यसैगरी, झापा बुद्धशान्ति गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका-३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका-३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी पनि पक्राउ परेका छन् ।