झापा-चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या थपिँदै गएको छ । केही दिन यता सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या थपिँदै गएको हो ।
चिसो बढेपछि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेको डाक्टर मनिष उप्रेतीले बताए । उनका अनुसार अस्पतालमा दैनिक जसो त्यस्ता बिरामी आइरहेका छन् ।
वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुर पनि चिसोका कारण सरकारी तथा निजी अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् । उनका अनुसार बालबालिका र वृद्धवृद्धाको सङ्ख्या उल्लेख्य छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर बिनेश झाले जाडोको समयमा मधुमेह र उच्च रक्तचापका बिरामीले आफ्नो स्वास्थ्यमा झन् धेरै ख्याल गर्नुपर्ने बताए ।