२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

माघ १५ देखि नारदमुनि स्मृति गोल्डकप



उदयपुर-आगामी माघ १५ गतेदेखि दशौँ संस्करणको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि गत असोजमा हुने भनिएको प्रतियोगिता बाढी पहिरोका कारण स्थगित भएको थियो ।

२००७ सालको क्रान्तिका योद्धा एवम् पूर्वमन्त्री नारदमुनि थुलुङको स्मृतिमा स्थानीय बसाहा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

क्लबका अध्यक्ष गौतम राईले प्रतियोगितामा आठवटा टिम सहभागी हुने बताए । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख २५ हजार पुरस्कार पाउनेछ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ९ : ०९ बजे