झापा-नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आबद्धता विवरण संकलन गर्ने भएको छ । हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आबद्धता सङ्कलन गर्ने तयारी भइरहेको हाे ।
एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले आगामी मङ्सिरमा हुने उपचुनावलाई लक्षित गरेर यो अभियान प्रारम्भ भइसकेको बताए । उपचुनाव बाहेक आगामी फागुन र चैतमा देशव्यापी रुपमा यो अभियान सञ्चालन हुनेछ ।
एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान सुरु गर्न लागिएको हो । प्रदेश कमिटीको समन्वयमा यो अभियान सञ्चालन हुने एमाले नेता भट्टराईले बताए ।