झापा-झापाको कन्काई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, हिजो राति ७:३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१-०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल कन्काई न.पा. ७ बिरिङ खोला छेउमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कन्काई-२ बस्ने वर्ष ३८ का दिनेशकुमार थपलियाको अनुहारमा सामान्य चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका वर्ष ६० का सोमनाथ दङ्गालको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते दुवै जनालाई तत्काल वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा आज बिहान ६:०० बजे दङ्गालको मृत्यु भएको अस्पतालले जनाएको छ ।