१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

जेन-जीकाे आन्दोलन : झापाको प्रहरी हिरासतबाट भगाइए ९२ जना थुनुवा



झापा-झापामा भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले विभिन्न प्रहरी कार्यालयका हिरासतबाट ९२ जना थुनुवालाई भगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमक, अनारमनी र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयका हिरासतमा रहेका थुनुवालाई प्रदर्शनकारीले भगाएका हुन् ।

भगाइएका थुनुवामध्ये गम्भीर र जघन्य प्रकृतिका अपराधमा संलग्न भई अनुसन्धानमा रहेका व्यक्तिहरू पनि रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी कुल ९२ जना थुनुवालाई भगाइएको हो ।

घटनापछि फरार थुनुवाको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार ००:००  ११ : ५३ बजे