१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

कैदी भाग्न खोजेपछि सेनाले गोली चलायो : दुई जनाको मृत्यु



रामेछाप-कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न खोज्दा रामेछापमा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले गोली चलाएको थियो ।

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

घटनामा एकजना कैदी गम्भीर छन् भने अन्य १० जना घाइते छन् । रामेछाप जिल्ला अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । अहिले कारागार सेनाको नियन्त्रणमा छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार ००:००  १० : १६ बजे