१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

सबै मतदाताको राजनीतिक आबद्धता विवरण संकलन गर्ने एमालेको तयारी



झापा-नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आबद्धता विवरण संकलन गर्ने भएको छ । हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आबद्धता सङ्कलन गर्ने तयारी भइरहेको हाे ।

एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले आगामी मङ्सिरमा हुने उपचुनावलाई लक्षित गरेर यो अभियान प्रारम्भ भइसकेको बताए । उपचुनाव बाहेक आगामी फागुन र चैतमा देशव्यापी रुपमा यो अभियान सञ्चालन हुनेछ ।

एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान सुरु गर्न लागिएको हो । प्रदेश कमिटीको समन्वयमा यो अभियान सञ्चालन हुने एमाले नेता भट्टराईले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार ००:००  ५ : ५८ बजे