३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान



काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले आज नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो ।

यो मूल्य नेपाली सुन बजारमा हालसम्मकै उच्च हो । अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्यमा आज प्रतितोला १ हजार ९०० रुपैयाँको वृद्धि भएको छ । सोमबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको साथै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। मंगलबार चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भई प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ३२० रुपैयाँको वृद्धि भएको हो । यो मूल्य पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च हो ।

विश्व बजारमा देखिएको अस्थिरता र लगानीकर्ताको सुरक्षित लगानीका रूपमा सुनचाँदीतर्फ आकर्षण बढ्दा नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताएका छन् । यसरी लगातार मूल्य बढ्दा उपभोक्ताहरूमा भने चिन्ता थपिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार ००:००  ११ : ४६ बजे