काठमाडौं-नेपाली बजारमा सुनको मूल्यले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख नाघेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला १,२०० रुपैयाँले वृद्धि भएको छ । यस वृद्धिसँगै एक तोला सुनको खरिदबिक्री मूल्य २ लाख ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव र अमेरिकी डलरको मजबुती लगायतका कारणले नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको व्यवसायीहरूले बताएका छन्। यसरी मूल्य अकासिँदा उपभोक्ताहरूमा भने चिन्ता बढेको छ ।