- बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव
- तीन पत्रकारसहित ११ जना सम्मानित
- प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
- मुख्यमन्त्री कार्कीले सोमवार विश्वासको मत लिने
- स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान
झापा- बिर्तामोड नगरपालिकाको वडा नम्वर ९ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी उम्मेदवार मनप्रसाद सुब्बा लिम्बूले ८०१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका कर्णबहादुर कार्कीले ३०५ मत ल्याएका छन् ।
चारजना सदस्य पनि एमालेले जितेको छ । खुल्ला सदस्यमा केशव बुढाथोकी १०३८, चन्द्रप्रसाद दंगाल १०२८, महिला सदस्यमा सल्पना राजवंशी ११०८ र दलित महिला सदस्यमा संगीता सिवा १०५५ मत ल्याई निर्वाचित भएका छन् ।