- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– बिर्तामोड नगरपालिकाले नगरको विद्यालयमा १ देखि ३ सम्म झोलारहित कक्षा सञ्चालन गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाले यस्तो प्रस्ताव अगाडि सारेको हो ।
नमुना परियोजनाका रुपमा कुनै एउटा विद्यालयमा झोलारहित कक्षा सञ्चालन गर्ने उपमेयर नगेन्द्र संग्रौलाले बताए । ‘कक्षा १ देखि ३ सम्म नमुनाका रुपमा एउटा विद्यालयमा झोलारहित कक्षा सञ्चालन हुन्छ’, उनले भने ।
नगरले समुदाय समेतको सहयोगमा अंग्रेजी माध्यमको पठनपाठनलाई प्रोत्साहित गर्दै लैजाने नीति पनि लिएको छ ।
पाँच वर्षभित्रमा बालमैत्री नमुना कक्षा कोठाको निर्माण, स्वच्छ खानेपानी र सफा शौचालयको व्यवस्था, प्रयोगात्मक प्रयोशाला र पुस्तकालय स्थापना लगायतका कार्यक्रम पनि समेटिएका छन् ।