- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
बिर्तामोड– बिर्तामोड नगरपालिकाले नगरको विद्यालयमा १ देखि ३ सम्म झोलारहित कक्षा सञ्चालन गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाले यस्तो प्रस्ताव अगाडि सारेको हो ।
नमुना परियोजनाका रुपमा कुनै एउटा विद्यालयमा झोलारहित कक्षा सञ्चालन गर्ने उपमेयर नगेन्द्र संग्रौलाले बताए । ‘कक्षा १ देखि ३ सम्म नमुनाका रुपमा एउटा विद्यालयमा झोलारहित कक्षा सञ्चालन हुन्छ’, उनले भने ।
नगरले समुदाय समेतको सहयोगमा अंग्रेजी माध्यमको पठनपाठनलाई प्रोत्साहित गर्दै लैजाने नीति पनि लिएको छ ।
पाँच वर्षभित्रमा बालमैत्री नमुना कक्षा कोठाको निर्माण, स्वच्छ खानेपानी र सफा शौचालयको व्यवस्था, प्रयोगात्मक प्रयोशाला र पुस्तकालय स्थापना लगायतका कार्यक्रम पनि समेटिएका छन् ।


















