- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
शरणामती- झापा गाउँपालिकाले स्थानीयलाई १५ हजार रुपैयाँ मृत्यु संस्कार खर्च दिने भएको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले मृतकको परिवारलाई मृत्यु संस्कार खर्च दिन लागेको हो ।
गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले अघिल्लो वर्षको तुलनामा मृत्यु संस्कार खर्च पाँच हजार रुपैयाँले बढाइएको बताइन् । यसअघि गाउँपालिकाले १० हजार रुपैयाँ दिने गरेको थियो ।
आदिवासी विपन्न समुदायको वाहुल्यता रहेको गाउँपालिकामा मृत्यु संस्कार खर्चवापत आगामी आर्थिक वर्षका लागि ३७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको उपाध्यक्ष थपलियाले जानकारी दिइन् ।


















