- झापाका प्रमुख जिल्ला अधिकारी पाेखरेलकाे बिदाई
- मनमोहन हस्पिटलले इन्सिनेटर राखेर सुरु गर्याे फोहोर व्यवस्थापन
- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
शरणामती- झापा गाउँपालिकाले स्थानीयलाई १५ हजार रुपैयाँ मृत्यु संस्कार खर्च दिने भएको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले मृतकको परिवारलाई मृत्यु संस्कार खर्च दिन लागेको हो ।
गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले अघिल्लो वर्षको तुलनामा मृत्यु संस्कार खर्च पाँच हजार रुपैयाँले बढाइएको बताइन् । यसअघि गाउँपालिकाले १० हजार रुपैयाँ दिने गरेको थियो ।
आदिवासी विपन्न समुदायको वाहुल्यता रहेको गाउँपालिकामा मृत्यु संस्कार खर्चवापत आगामी आर्थिक वर्षका लागि ३७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको उपाध्यक्ष थपलियाले जानकारी दिइन् ।