- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
बिर्तामोड– बिर्तामोड–१ मा नवनिर्वाचित जनप्रतिनिधि औपचारिक रुपमा वडा कार्यालय प्रवेश गरेका छन् । जनप्रतिनिधिको टोली आज बिहान वडा कार्यालय प्रवेश गरेको हो ।

कार्यालय प्रवेशसँगै अध्यक्ष अग्निप्रसाद पाण्डे नेतृत्वको टोलीले आजदेखि वडाका कामलाई गतिशील र प्रभावकारी बनाइने जनाएको छ । अध्यक्ष पाण्डेले वडाको विकासमा अघिल्लो कार्यकाल जस्तै निरन्तर सक्रिय रहने बताए।
स्थानीय तह निर्वाचनबाट वडा नम्वर–१ मा एमालेको प्यानल निर्वाचित भएको थियो । निर्वाचित जनप्रतिनिधिलाई वडा कार्यालयका सचिव टीका अधिकारी नेतृत्वको कर्मचारी टोली र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यले स्वागत गरेका छन् ।

बलियो प्रतिस्पर्धीका रुपमा हेरिएका नेपाली कांग्रेसका बलराम कार्कीलाई २५९ मत अन्तरले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका तर्फबाट पाण्डे बिजयी भएका थिए ।
पाण्डेले १४७९ मत प्राप्त गरिरहँदा कार्कीले १२२० मतमा चित्त बुझाउनु परेको थियो । वडामा एमालेका तर्फबाट यमुनादेवी आचार्य, कमला महरा दर्जी, टेकबहादुर अधिकारी, योगचन्द्र आङ्बुहाङ सदस्यका रुपमा बिजयी भएका छन् ।
वडाध्यक्षमा पाण्डेको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काङ्ग्रेसकी उमेद्वार देविका बस्नेतलाई ५३३ मतले हराउँदै पाण्डे वडा प्रमुख भएका थिए ।














