- अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध घोषित कार्यक्रम एमालेद्वारा स्थगित
- चैतमा ६१ हजार भन्दाबढी नेपाली वैदेशिक रोजगारीमा
- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
झापा– बिर्तामोड वडा नम्बर-१ ले नगरपालिकामा निर्वाचित मेयर, उपमेयरलाई स्वागत गरेको छ । वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी आज मेयर पवित्रा महतरा प्रसाई र उपमेयर नगेन्द्र सङग्राैलालाई स्वागत गरिएको हाे ।

स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संविधानसभाका सदस्य मनकुमार गौतमले मेयर उपमेयरको कार्यकाल जनमुखी हुने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै मेयर प्रसाईले सीमित श्रोत साधनका बाबजुत पनि नगरको विकासका लागि उत्कृष्ट ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उपमेयर संग्रौलाले जनताले गरेको विश्वास टुट्न नदिने बताउँदै भोलिका दिनमा मुख देखाएर हिँड्न सक्ने गरी कार्यसम्पादन अघि बढाउने उल्लेख गर्नु भयाे ।
वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष डम्बरबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सभापति जनक खड्का, एमाले वडा कमिटी अध्यक्ष डिल्लीमाया आचार्य, पूर्व वडा सदस्य प्रेम खरेल, चारपाने गाविसका पूर्वअध्यक्ष प्रेमप्रकाश सिटाैला, पत्रकार महासङ्घका उपाध्यक्ष केशव भट्टराई, नेपाली कांग्रेसकी तिलरूपा श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य हरि ओझा लगायतले बोल्नु भएको थियो ।
















