१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

बिर्तामोड नगरपालिकाको सेवा भोलि र पर्सी बन्द



बिर्तामोड-बिर्तामोड नगरपालिकामा दुई दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । नगरपालिकाले बिहीबार र शुक्रबार अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाएको छ ।

नगर सभाको तयारी गर्नुपर्ने भएका कारण दुई दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने जानकारी दिनुभयो ।

असार १० गते बिर्तामोड नगरपालिकाले नगरसभा आयोजना गर्ने तयारी गरेको छ । ९ गते नगर सभाको पूर्व तयारी गर्नुपर्ने भएकाले नियमित कार्य सम्पादन रोकिने भएकाे हाे ।

दमकल, एम्बुलेन्स र शववाहन लगायतको सेवा भने अवरुद्ध नहुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ००:००  ९ : ११ बजे