• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. टोलका समस्या पहिचान गर्न सदस्यको कार्य विभाजन
 टोलका समस्या पहिचान गर्न सदस्यको कार्य विभाजन
स्थानीय तह निर्वाचन

टोलका समस्या पहिचान गर्न सदस्यको कार्य विभाजन

by Speak १० जेष्ठ २०७९, मंगलवार २२:२५
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा काम थालेका छन् । पदभार ग्रहण गरेको भोलिपल्टदेखि जनप्रतिनिधिको काम सुरु भएको हो । प्रारम्भमा वडा कार्यालयले सार्वजनिक सेवालाई सहज, छिटोछरितो र विश्वसनीय बनाउने प्रयास थालेका छन् ।

बिर्तामोड–४ का नवनिर्वाचित अध्यक्ष राहुल शर्मा भन्छन्, ‘छिटो भन्दा छिटो जनताले सेवा पाउनु पर्छ । यसमा हामी सचेत छौँ ।’ उनले वडाको सेवालाई प्रभावकारी र जनमुखी बनाउन आफूहरु तत्पर रहेको बताए ।

वडा नम्वर–२ का अध्यक्ष किशोरकुमार पौडेल जनताको गुनासो आउन नदिने गरी सेवा प्रवाहलाई चुस्त र दुरुस्त पार्दै लगिने बताउँछन् । उनले वडालाई बालमैत्री बनाउने लागायतका दुई वटा महत्वपूर्ण निर्णय गर्दै काम थालिएको बताए ।

वडा नम्वर–४ ले वडा सदस्यको कार्य विभाजन गरी टोल–टोलमा परिचालन गर्ने निर्णय गरेको छ । चारजना वडा सदस्यलाई भौगोलिक अवस्था पायक पर्ने गरी टोल–टोलमा खटाइएको अध्यक्ष शर्माले जानकारी दिए ।

वडा नम्वर–४ मा ३२ वटा टोल विकास संस्था छन् । एक जना सदस्यको भागमा आठ वटा टोल पर्ने गरी कार्य विभाजन गरिएको छ । टोलमा खटिएका सदस्यले टोल समितिका पदाधिकारीसँग भेटघाट र छलफल गरी समस्या छनोट गर्ने छन् ।

‘साना ठूला सबै समस्याको पहिचान गरी वडासम्म ल्याउने पहिलो प्रयास थालेका छौँ’, वडाध्यक्ष शर्माले भने, ‘आएका समस्यालाई प्राथमिकीकरण गरेर समाधानको प्रक्रियामा लैजान्छौँ ।’ वडाध्यक्ष शर्माले वडाको डिजिटल एप बनाउने मनस्थिति बनाइएको पनि बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.