१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दयनीय पार्टी, दयनीय उमेद्वार : जसका पक्षमा सय मत पनि खसेन



झापा जनताको मन र मत जितेर गाउँपालिका र नगरपालिकाको कार्यकारी पदमा पुग्ने उत्कट चाहना बोकेका कतिपय उमेदरवारले स्थानीय तह निर्वाचनमा सय मत पनि कटाउन सकेनन् ।

आफ्नो पार्टीको सामान्य जनमतको भेउ समेत नपाई उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा जुटेका उमेद्वारको नियति दयनीय देखियो ।

आवेग र उत्तेजनाका भरमा निर्वाचनमा होमिएका प्रमुख पदका उमेद्वारले पाएको मत कस्तो छ त ? हामीले पालिका तहमा अध्यक्षमा उमेद्वारी दिएर सय मत पनि कटाउन नसकेका केही पार्टी र तिनका उमेद्वारबारे चर्चा गरेका छौँ ।

कचनकवल गाउँपालिका– अध्यक्षमा उमेद्वारी दिएका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका खेपचरण यादवले ५४ मत ल्याए । जनमत पार्टीका वाकसिंह राजवंशीको २० मत आयो । स्वतन्त्र उमेद्वार बिनोदकुमार खरेलले १८ मत पाए ।

कमल गाउँपालिका– अध्यक्षमा उम्मेद्वारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर लिम्बुले ८६ मत प्राप्त गरे । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट चुनावी मैदानमा उत्रिएका अशोक घिमिरेले ६२ मतमा चित्त बुझाउनु पर्यो ।

मौलिक जरोकिलो पार्टीका नारायणप्रसाद रिजालले जम्मा ८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार भीमकुमार राईलाई एक मत प्राप्त भयो । सम्भवतः उनको त्यो आफ्नै मत हुन सक्छ ।

गौरीगञ्ज गाउँपालिका– झापाको पश्चिमी गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका भुपनारायण राजवंशीले १३ मत मात्रै प्राप्त गरे ।

झापा गाउँपालिका– अध्यक्षमा उमेद्वारी दिएका जनता समाजवादी पार्टीका मोहितलाल कामतीलाई ६२ मत प्राप्त भयो। जनमत पाटीका लोथ्रो हेमरमले ५८ मत ल्याए । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद गणेशको ४८ मत आयो । मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवी तामाङ्गले १८ मत पाइन् ।

बाह्रदशी गाउँपालिका– अध्यक्षमा उम्मेद्वारी दिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ८७ मत प्राप्त गरे । मौलिक जरोकिलो पार्टीका श्यामप्रसाद उप्रेतीले ५० मतमा चित्त बुझाउनु पर्यो ।

जनमत पार्टीका आसिनलाल राजवंशीको ३८ मत आयो । स्वतन्त्र उम्मेदवार दलबहादुर थापाले २४ मत पाए । उन्नत लोकतन्त्र पार्टीकी उम्मेदवार उमादेवी विश्वकर्माले २१ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ००:००  ८ : ३५ बजे