६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कर्मचारीको मृत्युपछि कचनकवलमा बुधबार शाेक बिदा

बिर्तामाेड- झापाको कचनकवल गाउँपालिकाले बुधबार शाेक बिदा दिएको छ । माेटरसाइकल दुर्घटनामा गाउँपालिकाका कर्मचारी भवानी शंकर खतिवडाकाे मृत्यु भएपछि एक दिनका लागि शाेक बिदा दिइएको हाे ।