- बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव
- तीन पत्रकारसहित ११ जना सम्मानित
- प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
- मुख्यमन्त्री कार्कीले सोमवार विश्वासको मत लिने
- स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान
झापा-पार्टीभित्र अनुशासन उलङ्घनका घटना बढ्दै गएपछि नेकपा एमाले सातै प्रदेशमा पार्टी कार्यकर्तालाई सचेत गराउन प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।
एमालेको केन्द्रीय अनुशासन आयोगले साउन महिनाको पहिलो सातादेखि प्रादेशिक स्तरमा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।