बिर्तामोड- झापाको बुट्टावारीमा डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डीन) जिल्ला समिति झापाको भवन निर्माण कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका–६ मा रहेको एक कठ्ठा जग्गामा डीनले आफ्नो कार्यालय भवन बनाउन लागेको हो ।
बुधवार भवनको शिलान्यास गरिएको छ । डीनका सल्लाहकार सदस्य नारायण भट्टराईले भवन शिलान्यास गरेका हुन् । विकास निर्माण सेवा मेचीनगर १० ले भवन निर्माणको ठेक्का लिएको छ ।
सहरी विकास तथा भवन कार्यालय इलामले भवन निर्माणको ठेक्का लगाएको हो । बैदिक विधिपूर्वक भवनको पिलर राख्ने काम गरिएको छ । भवन निर्माणको लागि प्रदेश १ सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको डीन झापाका अध्यक्ष सडकलाल राजवंशीले बताए ।
- बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव
- तीन पत्रकारसहित ११ जना सम्मानित
- प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
- मुख्यमन्त्री कार्कीले सोमवार विश्वासको मत लिने
- स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान
डीनका लागि झण्डै सात वर्ष अगाडि समाजसेवी गोपीकृष्ण प्रसाईले जग्गा निशुल्क उपलब्ध गराएका थिए । ३६ लाख ४७ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको अध्यक्ष राजवंशीले बताए ।
असार मसान्तभित्र भवनको निर्माण कार्य पूरा गर्नु पर्ने शर्त छ । १३ सदस्यीय कार्य समिति रहेको डीनमा १३१ जना सदस्य छन् ।