झापा– बिर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा आइतवार खाल्डो खनेर गाडेको छ । नगर प्रहरीले शुक्रवार मरेका माछा नियन्त्रणमा लिएको थियो । बिर्तामोडका कतिपय व्यवसायीले मरेका माछा बेच्दै आएका छन् ।
बिर्तामोड नगर क्षेत्रभित्र मरेका र मागुर माछा विक्री गर्न रोक लगाइएको छ । नगर प्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पङघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।
- बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव
- तीन पत्रकारसहित ११ जना सम्मानित
- प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
- मुख्यमन्त्री कार्कीले सोमवार विश्वासको मत लिने
- स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान
नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र स्थानीय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरिएको हो ।
उपप्रमुख संग्रौलाले फर्मालिन हालिएका माछा नष्ट गर्ने र दोषीलाई कार्बाही गर्ने बताए । बिर्तामोडका कुनै पनि क्षेत्रमा मरेका माछा विक्री गरेको पाइए सूचना दिन नगरपालिकाले सबैलाई आग्रह समेत गर्दै आएको छ ।