५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कनकाईलाई खेलकुद विकास समितिको सम्मान



भद्रपुर-जिल्ला खेलकुद विकास समिति झापाले मंगलवार भद्रपुरमा आयोजित कार्यक्रमका बीच कनकाई नगरपालिकालाई सम्मान गरेको छ । खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर काम गरेको जनाउँदै समितिले कनकाईलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेललाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

खेलकुद क्षेत्रको विकासमा उच्च भूमिका निर्वाह गरेकाले कनकाई नगरपालिकालाई सम्मान गरिएको खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार ००:००  ८ : ५२ बजे