- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका, गौरीगञ्ज र कमल गाउँपालिका गरी तीन स्थानीय तहमा मतगणना रोकिएको छ । गठबन्धन दल र एमालेबीच गणनाका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
गौरीगञ्ज गाउँपालिकामा खसेको मतको मुचुल्का र गणना गर्दा मतपेटिकामा भएको मतपत्रमा फरक आएपछि गणना अनिश्चितकालका लागि स्थगित भएको हो ।
सोमबार सर्वदलीय बैठकबाट सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि गणना स्थगित भएको गौरीगन्जका सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
‘मतपत्र सुरक्षित गर्न सबै दललाई राखेर सिल गरेका छौँ । तत्काल गणना हुने अवस्था छैन । सोमबारको सर्वदलीय बैठकले पनि कुरा मिलेन,’ उनले भने, ‘अब मंगलबार पनि सर्वदलीय बैठक राखेर सहमतिको प्रयास गरिनेछ ।’
कमल गाउँपालिकामा सोमबार रातिदेखि मतगणना स्थगित भएको छ । वडा नम्बर ४ को मतगणना हुँदै गर्दा कम्प्युटर अपरेटरले एमालेको मत बढाएर जोडेको भन्दै गठबन्धन दलले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।
गणनास्थललाई सिल गरिएको छ । गठबन्धनमा आबद्ध दलले पुनः मतगणनाको माग राखेका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हु्कुमसिंह राईले अग्रता लिइरहेका छन् ।
शिवसताक्षी नगरपालिकामा पनि आइतबार रातिदेखि मतगणना स्थगित भएको छ । वडा नम्बर १ को परिणाम सार्वजनिकपछि मतदानको दिन बनाइएको मुचुल्का र गणनामा भएको मतपत्रको संख्या फरक आएपछि माओवादी केन्द्रसहित केही दलले आपत्ति जनाएका छन् ।
आइतबार राति निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजीसमेत भएको थियो । वडा नम्बर १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भइसकेका छन् ।
तर, निर्वाचनमा तीन हजार ८२ मत खसेको मुचुल्का भए पनि गणनाको समयमा तीन हजार २८ मत मात्र गणना भएको भन्दै विरोध भएको थियो ।
दलहरूको विरोधपछि शिवसताक्षीमा निर्वाचन अधिकृतलाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए । सोमबार रातिसम्म वार्ता भए पनि कुनै सहमति जुट्न सकेन ।