- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– बिर्तामोड नगरपालिकाका नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनका नेताहरुले बिर्तामोडलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । गठबन्धन दलले सोमबार बिर्तामोड–४ को अन्नपूर्ण चोकमा आयोजना गरेको कोण सभामा बोल्दै बिर्तामोडलाई भ्रष्टचारमुक्त समृद्ध पालिका बनाउने उद्घोष हुन् ।
चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलको स्थानीय सरकार बनेमा बिर्तामोड नगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । राज्यले उपलब्ध गराउने रकमको आधा हिस्सा विपन्न वर्गका बालबालिकाको पठनपाठनमा खर्च गर्ने सिटौलाले घोषणा गरे ।
कोणसभालाई सम्बोधन गर्दै उपप्रमुख पदका उम्मेदवार चन्द्रप्रसाद (सिपी) कडरियाले बिर्तामोडलाई प्रविधिमैत्री नगरको रुपमा स्थापित गरिने बताए । हरेक क्षेत्रलाई प्रविधीसँग जोडेर सेवाग्राहीको समय र पैसाको बचत गरिने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्षका उम्मेदवार कुलप्रसाद संग्रौला, महिला सदस्य पदका उम्मेदवार सरिता मगर, दलित महिला सदस्य पदका उम्मेदवार आशा परियार, वडा सदस्य पदका उम्मेदवारहरु गोपीकृष्ण अधिकारी र राजु राजवंशी (सन्तोष), नेकपा माओवादी केन्द्र झापाका सहइन्चार्ज ज्योतिसिं दर्लामी, बिर्तामोड गठबन्धन चुनाव प्रचारप्रसार समिति संयोजक लक्ष्मी आचार्यलगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।