- सहाराद्वारा कृषक समूहलाई बीउ बोका वितरण
- बिर्तामोडलाई आदर्श च्यालेन्ज कपको उपाधि
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाले समाचार प्रशारणको विषयलाई लिएर टेलिभिजनकर्मी पूजन घिमिरेलाई ध्म्क्याइएकोप्रति आपत्ति प्रकट गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर पत्रकार घिमिरेलाई धम्क्याइएको घटनाप्रति खेल व्यक्त गरेको हो ।
इलामको माइ नगरपालिकामा निर्माणाधीन फनपार्कले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा पत्रकार घिमिरेले आफू कार्यरत सगरमाथा टेलिभिजनमा रिपोर्ट प्रशारण गरेका थिए ।
समाचारको विषयलाई लिएर नेकपा एमाले माई नगर कमिटीका अध्यक्ष खम्मासिंह लिम्वू र उपाध्यक्ष नरेन्द्रबहादुर खँड्काले पत्रकार घिमिरेलाई धम्क्याएको महासंघका सचिव डिकेश लामाले बताए ।
महासंघले समाचारको विषयलाई लिएर पत्रकार नधम्क्याउन र हतोत्सायी बनाउने कार्य अविलम्ब बन्द गर्न सरोकारवालालाई सचेत पनि गराएको छ ।