२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

दुर्गापुरमा प्रहरी बिटका लागि भवन निर्माण



बिर्तामोड-झापाको कन्काई नगरपालिका -७ दुर्गापुरमा अस्थायी प्रहरी बिट निर्माण भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा प्रहरी बिटका लागि चारकोठे पक्की भवन निर्माण गरिएको हो ।

कन्काई नगरपालिका समेतको आर्थिक सहयोगमा स्थानीयले प्रहरी बिट निर्माण गरेका हुन् । १४ लाख रुपैयाँको लागतमा प्रहरी बिट निर्माण भएको जनाइएको छ ।

भवनको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभएको छ । दुई कठ्ठा जग्गामा टिनको छाना भएको भवन निर्माण गरिएको हो ।

कार्यक्रममा झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की लगायतको आतिथ्य रहेको थियो ।

कन्काई-७ का वडाध्यक्ष भीष्मभूषण सिटौलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ९ : ११ बजे