१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ




मोरङ–विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले मंगलवार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ बस्ने १९ वर्षीय दीपेश मगर र झापा दमक नगरपालिका–४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ००:००  ९ : २६ बजे