१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

आचार्यद्वारा प्रदेश १ को मुख्य न्यायाधीवक्ताको सपथ




विराटनगर– वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्य न्यायाधीवक्ताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारुले आचार्यलाई सपथ खुवाएका हुन् ।

झापाको बिर्तामोड–५ का स्थायी बासिन्दा आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका थिए । आचार्यको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा भएको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ००:००  ९ : ०२ बजे