२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

ब्राउन सुगरसहित मेचीनगर र भद्रपुरबाट दुई जना पक्राउ



झापा- ब्राउन सुगरसहित झापाको मेचीनगर र भद्रपुरबाट आइतवार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–७ का ओम पोर्तेल र भद्रपुर–४ का महमद सावर अन्सारी छन् । पोर्तेलका साथमा एक ग्राम रअन्सारइीका साथमा १६ ग्राम छ सय मिलिग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

२३ वर्षीय पोर्तेल र २२ वर्षीय अन्सारीलाई अलग अलग समयमा इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा समातेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार ००:००  ८ : २२ बजे