२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

अटोमा भन्सार छलेर ल्याइएको सामान बरामद



काँकडभिट्टा–भारतबाट नेपाल आउँदै गरेको अटोमा भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको छ । प्र–१–०१–००१ ह ८३५५ नम्बरको अटोलाई मेचीनगर–६ भट्टराई चोकमा शंका लागेर चेकजाँच गर्दा अवैध सामान फेला परेको हो ।

झापा प्रहरीका प्रवक्ता बसन्त पाठकले अटोभित्र जाडोमा लगाउने टोपी २८२ थान र बच्चाको ट्राउजर ३०० थान फेला परेको बताए । त्यसको मूल्य ५८ हजार हाराहारीमा छ । अटोसहित सामान मेची भन्सार कार्यालयमा बुझाइएको डीएसपी पाठकले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार ००:००  ८ : ४४ बजे