२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सन्दीपविरुद्ध मुद्दा दर्ता, १२ वर्ष सजायको माग




झापा–क्रिक्रेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढेको हो । अभियोग पत्रमा सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १० देखि १२ वर्ष कैद सजायको माग गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  ३ : ०५ बजे