- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड- झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा हेल्दी मार्ट सञ्चालनमा आएको छ । पाथिभरा टोलको रोड नम्वर–६ मा नारी फिटनेससँगै हेल्दी मार्ट सञ्चालनमा आएको हो ।
मार्टको शुक्रवार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी र रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोलले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
नारी फिटनेसले खेलाडीलाई मात्र नभएर सबै समुदायलाई लक्षित गरि हेल्दी मार्ट सञ्चालनमा ल्याएको हो । देवेन्द्र थपलिया र विनु कट्टेल दम्पत्तिको लगानी तथा व्यवस्थापनमा मार्ट खुलेको हो ।
थपलिया दम्पत्तिको लगानीमा सात वर्षदेखि फिटनेस पनि सञ्चालन भइरहेको छ । यी दुई वटा व्यवसायमा एक करोड भन्दाबढी लगानी भएको कट्टेलले बताइन् ।
‘मार्टमा स्वास्थ्यवद्र्धक खाद्य सामग्रीसँगै स्पोटर्स वेयर र सौन्दर्य सामग्री उपलब्ध छन’् कट्टेलले भनिन् । कार्यक्रममा बोल्दै संघका अध्यक्ष सिवाकोटीले व्यवसायमा महिला सहभागिता बढ्न् आफैँमा सुखद विषय भएको बताए ।
सञ्चारकर्मी अनमोलले आत्मनिर्भर हुँदै व्यवसायमा स्थापित हुने गरी महिलाहरु अगाडि बढ्नु पर्नेमा जोड दिइन् । उनले थपलिया दम्पत्तिको मेहनत र उत्साह प्रशंसनीय रहेको बताउँदै अरुले पनि सिक्नु पर्ने उल्लेख गरिन् ।
सञ्चालक देवेन्द्र थपलियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्पा गौतमले गरेकी थिइन् ।
नारी फिटनेस : सहभागी प्रशिक्षक सबै महिला
थपलिया सम्पत्तिको साझेदारीमा सात वर्षअघि सञ्चालनमा आएको नारी फिटनेसमा महिलाहरुको आकर्षण बढ्दो छ ।
नारी फिटनेसमा हाल दुई सिफ्टमा २२६ जना प्रशिक्षार्थी छन् । उनीहरुलाई प्रशिक्षक ममता थापा, सुशिला लिम्बू र अजिशा लिम्बूले प्रशिक्षण दिन्छन् ।
सञ्चारकर्मी अनमोलले शारीरिक सुगठनका लागि महिलालाई सहज हुने नारी फिटनेस सञ्चालन आउँदा धेरै महिलाले लाभ लिएको बताइन् ।