- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
रौतहट– पूर्व पश्चिम राजमार्ग अन्तरगत रौटहटस्थित चन्द्रपुर नगरपालिका–२ को जंगलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र अटोरिक्सा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र सर्लाहीबाट बीरगञ्जतर्फ जाँदैगरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो ठोक्किएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले अटोमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन् ।