- बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु
- जग्गादाता अग्रवाल दम्पत्तिलाई सम्मान
- वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच
- वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार
- बिर्तामोडका वडा सदस्यलाई क्षमता विकास तालिम
झापा- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण निश्चित भएपछि मात्र संसद् र संसदीय समितिमा जवाफ दिनुुहुने भएको छ ।
नेपाली कांग्रेसका सचेतक पुुष्पा भुुसालले आइतबार प्रधानमन्त्री देउवालाई भेटेपछि देउवाको भनाइ उद्धृत गर्दै भ्रमण निश्चित भएपछि मात्र प्रधानमन्त्रीले सदन र समितिमा बोल्ने विचार गर्नुुभएको जानकारी दिनुभयो ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीलाई बोलाएपछि आइतबार बिहान उहाँले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्नुभएको थियो ।
उहाँका अनुसार भ्रमणको कार्यतालिका र एजेन्डा तय भइनसकेको अवस्थामा जवाफ के दिने भन्नेबारे अन्योल हुँदा प्रधानमन्त्री देउवाले बोल्न सक्ने स्थिति रहेको छैन ।
अमेरिकाको भ्रमणको विषयलाई लिएर प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाएपछि आइतबार बिहान कांग्रेस सचेतक भुसालले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्नुुभएको थियो ।
सचेतक भुसालले भन्नुुभयो, “भ्रमणको तयारी पूरा नहुँदै बोल्ने कुरा पनि हुँदैन । जब भ्रमणको तय हुन्छ, अनि बोल्ने समय पनि आउँछ होला ।” गोरखापत्रमा समाचार छ ।