- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– श्रीकृष्ण प्रणामी सेवा समितिका नव निर्वाचित पदाधिकारी तथा श्रीकृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षलाई सम्मान गरिएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेमा शनिबार आयोजित सेवा समिति नेपालको चौथो पूर्ण बैठकका अवसरमा उनीहरुलाई स्वागत सम्मान गरिएको हो ।
सत्सङका पूर्व अध्यक्षहरु स्वर्गीय सोमकान्त भट्टराईलाई मरोणान्त सम्मान, मेघनाथ ढकाल, रामप्रसाद भट्टराई, प्रजापति कोइराला, लीलाप्रसाद सापकोटा, छत्रप्रसाद अधिकारी, कृष्ण बजगांई, सेवा समिति नेपालका नवनिर्वाचित अध्यक्ष श्यामकृष्ण शर्मा सहित कार्य समितिलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सन्त श्री १०८ कृष्णदास जी महाराज र सत्सङ सेवा परिषद् झापा अध्यक्ष मिलनकुमार बस्नेत, पूर्वाञ्चल धर्मसभा आसाम साध्वी गोपीका माताजी लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरका प्रमुख बलदेव गोम्देन लगायतले शुभकामना मन्तब्य राखेका थिए । परिषद् झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गिरिधर शर्मा कट्टेलले र सत्सङ्ग सेवा परिषद उपाध्यक्ष मुरलीधर कोइरालाले स्वागत गरेका थिए ।