- बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु
- जग्गादाता अग्रवाल दम्पत्तिलाई सम्मान
- वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच
- वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार
- बिर्तामोडका वडा सदस्यलाई क्षमता विकास तालिम
बिर्तामोड-चौधरी गु्रपको उत्पादन नेपाल आइसले झापा गोल्डकपको प्रायोजन गर्ने भएको छ । नेपाल आइसले मुख्य प्रायोजकका रुपमा झापा गोल्डकपसँग आइतवार सम्झौता गरेको हो ।
चारपानेस्थित सहारा नेपालको सभाहलमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र नेपाल आइसका तर्फबाट ब्रान्डिङ तथा मार्केटिङ सिनियर मेनेजर मनीष सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पाँचौ संस्करकणको झापा गोल्डकप फागुन २१ गतेदेखि ३० गतेसम्म डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदैछ । रंगशालामा करिब १० हजार दर्शक अट्ने बाँसको प्यारापिट बनाउन थालिएको छ ।
पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए ।