- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– तेस्रो लहरको संक्रमण सुरु भएसँगै झापामा काेराेना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले शनिबार साँझ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा २१४ जना सक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये तीनजनालाई अस्पताल भर्ना गरिएको छ । अरु सबै संक्रमित घरमा उपचाररत छन् । शनिबार एकैदिन २२ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । यसअघि शुक्रबार ५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणका कारण तेस्रो लहरसम्म आइपुग्दा झापामा ६५७ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेको संख्या दोस्रो संक्रमण सम्मको हाे ।