- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– झापाको लक्ष्मीपुरमा शनिवार साँझ सात बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको प्र.१–०१–००१ ख ३५२० नम्वरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधारा–३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते खनाललाई उपचारका लागि बीएण्डसी टिचिङ हस्पिटल भर्ना गरिएको थियो ।
उपचारका क्रममा राति साढे १० बजे खनालको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । घटनापछि ट्रक चालक झापा बुद्धशान्ति गाउँपालिका–३ का ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।