- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बर्दिया – बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका वडा नम्बर ४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई लिएर बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो ।
आज सोमवार दिउँसो गेरुवा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थापाले बताउनुभयो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरिरहेको छ ।
बर्दियामा गएको शनिवार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको थियो । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० झप्टीमा जङ्गली हात्तीले आक्रमण गर्दा ४० वर्षीय बेचन दहिलको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले बताउनुभयो ।