२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

हाेटल डाउन टाउनका सञ्चालक समीर बस्नेतलाई पितृशोक



बिर्तामाेड – युवा व्यवसायी, हाेटल डाउन टाउनका सञ्चालक समीर बस्नेतलाई पितृशोक परेको छ। समिरका बुवा बिर्तामोड क्षेत्रका अग्रज अभिभावक समाजसेवी दिलिप बस्नेतको ७४ वर्षको उमेरमा भदौ ४ गते निधन भएको हो।

बिर्तामोड-१ स्थित घरमा बसिरहेका बेला अपरान्ह बस्नेतलाई हृदयघात भएको थियो। तत्काल बिर्ता सिटी अस्पतालमा लगिएको भए पनि बस्नेतलाई बचाउन सम्भव नभएको हो। अस्पताल पुऱ्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

इलामको साखेजुङमा २००३ सालमा जन्मिएका बस्तेत बिर्तामोडका पुराना बासिन्दा हुन् । बस्नेत परिवारका अभिभावक मध्येका एक उनको निधनप्रति दुःख व्यक्त गर्दै स्पीक कर्नर नेपाल भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। समिर जेठा छोरा हुन् । छोराहरु सञ्जीव, सौरभ बाहिर छन् ।बस्नेतका कान्छा छोरा सराेज अध्ययनकाे सिलसिलामा अष्ट्रेलियामा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार ००:००  १० : ५२ बजे